पु.समाचार

पूर्वराजा ज्ञानेन्द्रले बोलेलगत्तै कांग्रेसभित्र यो के देखियो !

काठमाडौं । नेपाली कांग्रेसभित्र सबैभन्दा पाका नेताका रुपमा परिचित कुलबहादुर गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा बोलेका छन् । नेता गुरुङले पूर्वराजा ज्ञानेन्द्रलाई बोल्ने अधिकार भएको भन्दै उनको पक्षमा अभिव्यक्ति दिएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गर्नु स्वभाविक भएको उनले बताए ।

समय छउन्जेल केही नगर्ने र समय ढल्केपछि कारबाही गर्छु भन्दै धम्की दिने कुरा कांग्रेसको प्रजातान्त्रिक विधिविपरीत छ’ गुरुङले भने, ‘पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्यािउन हुदैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भनेकोप्रति गुरुङसहित कांग्रेसकै केही नेताहरुले आपत्ति जनाँदै आएका छन् । पूर्वराजा शाहको अभिव्यक्तिले कांग्रेसभित्र दुई धार स्पष्ट रुपमा देखिएको छ ।

ज्ञानेन्द्रको अभिव्यक्ति बाहिर आएलगत्तै कांग्रेसभित्रका केही नेताले उनको विरोध गरिरहेका छन् भने केहीले उनले बोल्न पाउने अधिकार भएको भन्दै विरोध गर्न नहुने तर्क राख्दै आएका छन् । ।