समाचार

भारतसहित ४ देशलाई जित्यो नेपाल प्रहरीले

काठमाण्डौ । भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् । ६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन्। हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै आएका छन्। सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ ।

गत वर्षको जनवरीदेखि अक्टोबर अन्तिमसम्म चलेको सो तालिममा नेपालका तर्फबाट प्रहरी निरीक्षकहरू रघु विष्टसहित विकास बम, कमल बेल्वासे, यामकुमार श्रेष्ठ र चेतना पोखरेल सहभागी थिए। जसमध्ये विष्ट एक्लैले ६ वटा बाह्य प्रशिक्षण पदक हासिल गरेका हुन्। सोमबारको राजधानीमा लेखिएको छ, सो तालिममा नेपालका अतिरिक्त भारत, माल्दिभ्स, भुटानका प्रहरी अधिकृतहरू पनि सहभागी थिए।

चार देशका १ सय २९ प्रशिक्षार्थीमध्ये विष्ट नै सर्वोत्कृष्ट प्रहरी घोषित भए। तालिममा सन् १९५४ देखि नै नेपाल सहभागी हुँदै आएको छ। तर, यसप्रकारको अवार्ड भने यसपटक मात्रै प्राप्त भएको हो। ‘नेपालले पहिलोपटक यो उपाधि हासिल गरेको हो,’ विष्टको प्रतिभा प्रस्तुतीकरणको क्षमता असाधारण छ,’ प्रहरीको भरतपुर तालिम केन्द्रका प्रमुख प्रहरी नायबमहानिरीक्षक ९डीआईजी० रणबहादुर चन्दले भने। प्रहरीनिरीक्षक विष्ट हाल भरतपुर तालिम केन्द्रमा कार्यरत छन्।