समाचार

नयाँ वर्षको पूर्वसन्ध्यामा प्रहरीले चाल्यो कडा कदम

काठमाडौं । नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा एकीकृत सुरक्षा योजना लागु गर्दै प्रहरीले सडकमा स्टेज कायक्रम गर्न बन्देज लगाएको छ ।

‘आवागमन रोकिने भएकाले सडकमा स्टेज र्काक्रम गर्न दिदैनौं’ महानगरीय प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने ‘प्रमुख जिल्ला अधिकारीसँग ठमेल, दरबार मार्ग क्षेत्रलाई केन्द्रित गरेर यस्तो निर्णय गरिएको हो ।’

बिहीबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, चाडपर्वको नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागूऔषध सेवन गर्ने लगायत घटनामा प्रहरी केन्द्रित रहने छ ।