समाचार

अबको एक महिनाभित्र भूकम्पपीडितले ट्याक्सी पाउने

काठमाडौं । यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सी बाड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । पीडितको आवेदन छानविन गरी सम्पूर्ण विवरण कम्प्युटरमा राख्ने काम पुरा भएको विभागले जनाएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, १५ सय ट्याक्सीका लागि १ लाख ४८ हजार आवेदन दर्ता भएका छन् । एकान्तकुनास्थित यातायात कार्यालयका प्रमुख बसन्त अधिकारीले आवेदकको सम्पूर्ण तथ्यांक कम्प्युटरम चढाउने प्रक्रिया बिहीबार पुरा भएको बताए ।

अब एक महिनाभित्र गोलाप्रथाद्धारा ट्याक्सी वितरण गर्छौं, उनले भने ।