समाचार

केही दिनअघि राजीनामा दिएका प्रहरी उपरिक्षक खरेलबारे यस्तो खुलासा !

काठमाडौं । अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका नेपाल प्रहरीका उपरीक्षक प्रमोद खरेलका बारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए । सरकारले एक वर्षअघि नै विदेशी नागरिकता वा पीआर लिएका कर्मचारीलाई जागिर छाड्न वा नागरिकता त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेल भने चुपचाप बसेका थिए।

आगामी फागुन ११ गते स-परिवारर अमेरिका जाने तयारीमा रहेका उनले महानगरीय आयुक्तको कार्यालयमार्फत राजीनामा दिएका थिए। सरकारी निर्देशन अवज्ञा गरेको अभियोगमा उनीमाथि कारबाही गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालय पठाएको थियो।

शनिबारको नेपाल समाचार पत्रमा लेखिएको छ, गृह मन्त्रालयले पनि कुनै प्रष्टिकरण विनानै राजीनामा स्वीकृत गरेको छ। मन्त्रालयले पेन्सन सुविधा सहित उनको राजीनामा स्वीकृत गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

राजिनामा स्वीकृत भएपछि एसपी खरेल अब अमेरिकी नागरिक हुने भएका छन् भने उनले नेपाल सरकारबाट पेन्सन भने पाउने एक उच्च प्रहरी अधिकृतले जानकारी दिएका छन् ।