पु.समाचार

टोपी दिवसको अवसरमा इटहरी चोकमा यस्तो रौनक

सुनसरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय था रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढि गैरसरकारी संघ–संस्थाको सहकार्यमा आइतबार चौथो राष्ट्रिय पोशाक दिवस मनाइएको छ । इटहरीको मुख्य चोकमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय पोशाकको महत्वका विषयमा ब्यापक चर्चा गरिएको थियो ।
कार्यक्रममा पूर्व भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालीहरुले गौरव गर्ने केही महत्वपूर्ण बस्तुहरुमध्ये राष्ट्रिय पोशाक दौरा–सुरुवा, टोपी तथा महिलाहरुले लगाउने साडी चोलीप्रति यदी कसैले गौरव गर्न खोज्दैन भने त्यसले नेपालीको महत्व नबुझे सरह हुने दावी गरे ।

पूर्वमन्त्री सुब्बाले भने, ‘हामीले हामी नेपाली हुनुको पहिचान दिन सकेनौ र पश्चिमा संस्कृतिको नक्कल गरेर नेपालीप्रति उपेक्षा गर्ने गराउने कार्यमा लिप्त भयौ भने त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन ।’ पूर्वमन्त्री सुब्बाले भावी पुस्तासम्म हामीले नेपालको गौरव गर्ने पहिचानलाई जिवित राख्नु नेपाली हुनुको इमान्दारिता भएको बताउँदै कुरातर्फ पनि सबैको ध्यानाकर्षण गराए ।

‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राष्ट्रिय पोशाक दिवसको रुपमा मनाइएको अभियानको संयोजक संस्था तथा रोटयाक्ट क्लब अफ इटहरीका अध्यक्ष विकल पौडेलले जानकारी दिए ।
सहभागी युवाहरुले राष्ट्रियभावले भरिपूर्ण गीतहरु मेरो टोपी कैलाशको शिर जस्तो, गाउँछ गीत नेपाली जस्ता गीतहरु सामुहिक रुपमा गाएका थिए । कार्यक्रममा सहभागी युवाहरुले नेपाली पोशाक र नेपाली टोपी लगाएका थिए । कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिला साथै ज्येष्ठ नागरीहरुकोसमेत उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पत्रकार, साहित्यकारहरुको पनि बाक्लो उपस्थित थियो ।

कार्यक्रममा संयोजक भुपेन्द्र निरौलाले कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी नेपालीहरुलाई एक सुत्रमा बाँड्न कार्यक्रम आयोजना गरेको बताए । त्यस्तै, कार्यक्रमलाई सम्वोधन गर्दै अभियन्ता श्याम पोख्रेरेलले राष्टियता संकटमा पर्न थालेको अवस्थामा आ आप्mनो ठाउबाट सबैले सहयोग गर्नुपर्ने वताए । त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै रोटरीएन लक्ष्मी थेबेले युवाहरुमा नेपाली पहिचानप्रति आकर्षण बढ्दो रहेको र नेपालीपन झल्किने नेपाली पोशाकको जगेर्नामा सबै एकजुट हुनुपर्ने वताएका थिए ।

उक्त कार्यक्रममा गोविन्द सोनी, लक्ष्मी थेवे, संजिब ढुङ्गाना कृष्ण बिनोद लम्साल, मधु रिमाल, लक्ष्मी धिताल, लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।