पु.समाचार

प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्ताव टेबुल गर्ने तयारी

काठमाण्डौ । सातपटक अवरुद्ध र तीनपटक स्थगित भएको संसद बैठक फेरि सोमबार बस्दैछ । सरकारले विनासहमति संशोधन प्रस्ताव दर्ता गराएपछि विपक्षीले बैठक अवरोध गर्दै आएका हुन् । सोमबारको बैठक भने अघिपछिको भन्दा अलि फरक हुने देखिएको छ, किनभने सत्तापक्षले बैठकमा प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ ।

उता, प्रतिपक्षी दलहरुले पनि बैठक अवरोधलाई निरन्तरता दिने जनाउ दिएका छन् । सत्तापक्ष र प्रतिपक्षीबीचको यो टकरावले सोमबारको बैठकलाई सबैतिरबाट निकै चासोका साथ हेरिएको छ ।

मंसिर दोश्रो सातादेखि प्रमुख प्रतिपक्षी एमाले लगायतका दलहरुले विना सहमति संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको भन्दै संसद बैठक अवरोध गर्दै आएका छन् ।
त्यसयता कुनै पनि बैठक नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन ।