समाचार

यसरी हुँदैछ रोल्पामा सञ्चार क्षेत्रमा परिवर्तन

रोल्पा । रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ । जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् ।

जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए ।

भौगोलिक दुर्गमताका कारण जिल्लाका सबै ठाउँमा समान पहुँच नभएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

पहुच नभएका स्थानमा थप पहुँच विस्तार गर्ने भन्दै जिल्लाका भावाङ, जेल्वाङ र मसिनालगायतका स्थानमा टावर विस्तार गरिन लागेको नेपाल टेलिकम रोल्पाले बताएको छ ।

साथै, जिल्लाका अन्य गाविसमा समेत पहुँच विस्तारका लागि सर्भेको काम सकिएको र निर्माण कार्य अगाडि बढाउन लागेको बताइएको छ ।