समाचार

एकसय पाँच वर्षे यी बृद्धले संसारलाई चकित पार्दै राखे नयाँ विश्व रेकर्ड !

एजेन्सी– फ्रान्समा १ सय ५ वर्षे एक बृद्धले साइकल दौडमा नयाँ रेकर्ड राखेका छन् । उमेरले एकसय वर्ष काटिसकेका रबर्ट मार्शाले एक घण्टामा २२.५४७ किलोमिटर दुरी पार गरेर नयाँ रेकर्ड राखेका हुन् । केही दिनअघि उनले फ्रान्सको नेश्नल वेलड्रममा सो साइकल प्रतियोगितामा भाग लिएका थिए । यति धेरै अशक्त उमेरमा पनि यत्रो प्रतिस्पर्धामा खरो उतिर्ण भएपछि उनको विश्वभर प्रशंसा भैरहेको छ ।

रबर्टले सन् २०१२ मा पनि यसैगरी एउटा प्रतिस्पर्धामा भाग लिएका थिए । त्यसबेला उनी सय वर्षका मात्र थिए । सय वर्षको उमेरमा गरिएको सो साइकल प्रतियोगितामा उनले २६.९२७ किलोमिटर साइकल दौडाएर नयाँ रेकर्ड राखेका थिए । उनले सञ्चारमाध्यामहरुसँगको कुराकानीमा भनेका छन्, ‘म यहाँ विश्व च्याम्पियन बन्ने आशा बोकेर आएको थिइन, मेरो आशय भनेको १ सय ५ वर्षको उमेरमा पनि साइकल चलाउन सकिन्छ भन्ने उदारहणीय काम गर्न यहाँ आएको हुँ ।’ उनको साइकल दौड हेर्न त्यहाँ सयौ दर्शकहरु उपस्थित थिए ।

सन् १९११ नोभेम्बर २६ मा जन्मिएका रोबर्टले आफुले खानपानमा र शारिरीक स्वस्थतामा विशेष ध्यान दिएरनै यो सफलता हाँसिल गरेको बताएका छन् । रोबर्टले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘मेरो दैनिक भोजन भनेको फलफुल, सागसब्जी र केही मासु समेत हो । त्यतिमात्रै होइन म प्रत्येक बिहान एक घण्टा घर वरिपरि साइकिलिङ् समेत गर्ने गर्छु ।’ उनी उमेरमा राष्ट्रिय स्तरका जिमनास्टिक र बक्सर समेत हुन् ।  दोश्रो विश्वयुद्धमा युद्धबन्दी समेत भएका मार्शा त्यसबेला क्यानडा र भेनेजुयलामा काम गर्दथे ।