खेलकुद

आइतबार मिडिया कप फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा आठौं मिडिया कप फुटबल प्रतियोगिता आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा ७ टिमको सहभागिता रहने संग्राहलयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा नेपाल टेलिभिजन, डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप, एभिन्युज र एपी वान टेलिभिजन तथा समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट, इमेज च्यानल र रेडियो नेपाल छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र अनुशासित टिमलाई समान ५–५ हजार नगद पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीलाई सुमन भोमजन स्मृति ट्रफी प्रदान गरिने छ । गोरखापत्र दैनिकका खेल पत्रकार स्व. सुमनको २०७१ सालको बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी निधन भएको थियो ।
पहिलो दिन हुने एक मात्र खेलमा अन्नपूर्णले इमेजको सामना गर्नेछ । फाइनल माघ ४ गते हुनेछ ।