मनोरञ्जन

बेलायती आर्मीकी श्रीमतीसंगको रात र ५ हजार पाउण्डको कमाइ (तीतो यथार्थ)

मेरो नाम पुकार हो । कुरा आज भन्दा ४ बर्ष पहिलाको हो । म कुनै कामको सिलसिलामा काठमाण्डौ आएको थिँए। पौष महिना भएकोले काठमाण्डौमा निकै जाडो थियो । उक्त समयमा मलै जाडोको सदुपयोग गर्नु पर्यो भन्ने हिसाबले अलि रक्सी पिएको थिएं । साँझ परिसकेको थियो । म रक्सीको नशामा मातेर आफु बस्ने होटेल तिर जाँदै थिए । रक्सीको नशाले गर्दा होला मेरा खुट्टा अलि थिरमा थिएनन् । अझै त्यसमाथी बागबजारका साँघुरा गल्ली, नशाले गर्दा मलाई त्यस्तो जाडोमा पनि जाडोको खासै अनुभब भएको थिएन । साँझ भइसकेको थियो गल्लीहरुमा सडक बत्तीको मधुर प्रकाश आइसकेको थियो । त्यत्तिकैमा मेरो पछाडी कुनै गाडीले हर्न बजायो । मैले साइड छोडिदिएँ । गाडी म भन्दा केही अगाडी गएर रोकीयो । म आफ्नै तरिकाले हिँडिरहेको थिएं, जब म गाडीको नजिकबाट जाँदै थिँए गाडीबाट हेलो भन्ने शब्द आयो । म आवाजको केही वास्ता नगरी आफ्नो सुरमा नै हिडीरहेको थिए । यत्तिकैमा पुनः आवज आयो, जभििय म पछी फर्केर हेरे गाडीमा कुनै आर्धबैसे महिला टाउकोमा कालो चश्मा राखी मलाई ईशारा गरेको देखेँ ।

म गाडीको नजीक गए उनले मलाइ गाडीको ढोका खोल्दै काहाँ जाने आउ म पुर्याइदिन्छु भन्दै थिइन् ९म केही सोचमा परें, कोही गुण्डा आवारा त होइन की मलाइ लुट्ने प्रयास त होइन तर उनको शरीर अनि उनको पहिरन देख्दा त त्यस्तो थिएन तै पनि म मनमा यस्तै यस्तै कुरा मनमा आइरहेको थियो) यसैबिच हेलो के सोचेको ? I am Sharisma भनिन्  म पुर्याइदिन्छु । मैले उत्तर दिँए होइन हजुरले दुःख गर्नु पर्दैन मेरो कोठा यहि नजिक नै हो म आफै गइहाल्छु नी ।

यत्तिकैमा उनले भनिन् होइन डराउनु पर्दैन म पुर्याइदिन्छु बस्न किन डराएको मैले उनको कुरा टार्ने कुनै बाटो पाइन म उनको गाडीमा बसेँ उनले गाडीको सिसा बन्द गर्न आग्रह गर्दै मेरो नाम सोधिन् । मैले मेरो सबै कुरा बताइदिएँ । मैले पनि उनको बरेमा सोधेँ ।

उनी ब्रिटिस लहुरेकी श्रीमती रहेछिन् उनको उमेर २५ बर्ष भएको रहेछ र बिबाह भएको त्यसबेला ६ बर्ष भइसकेको रहेछ र श्रीमान २ बर्षमा एक पटक घर आउने रहेछन् र अझ सम्म उनिहरुको बच्चाहरु भने रहेनछन् ।

यति कुरा गर्दा हामीहरु करीब १० मिनेटको बाटो काटी सकेका थियौँ मैले उनलाइ यही रोक्नुस भनि आग्रह गरेँ मेरो होटेल यही हो फेरी फेरी मौका मिलेमा भेटौँला भन्दै म झर्न खोजेँ तर उनले मलाइ आज मेरोमा जाउ भनेर कर गरिन् तर म उनको कुरामा सहमत भइन । तै पनि उनले मलाइ धेरै कर गरे पछि म उनींसँग उनको घर तर्फ प्रस्थान गरें । करीब आधा घण्टाको गाडीमा यात्र गरे पछि हामी उनको घरमा पुग्यौँ ।

उनको घर सानो चिटिक्क परेको कम्पाउण्ड सहितको स्वर्गजस्तो रहेछ रहेछ । उनले आफ्नो गाडी पार्क गरेर ढोकाको बेल बजाइन् । एक करिब करीब ४० बर्षीय महिलाले ढोका खोलीन्, मलाई सोल्टी भनेर परिचय दिईन् साथै मलाई ती महिलाले रुम देखाईदिन भनिन् । म रुममा गएं, भित्र कोठा महंगा महंगा समानहरुले सजाइएका थिए । एकछिनमा उनले ड्रेस चेन्ज गरेर दुइवटा गिलासमा विस्की लिएर आइन् । अनि चियर्स भन्दै मलाइ पिउन आग्रह गरिन् । कुरा गर्दै हामीहरुले हुस्कीको पहिलो ड्रिकंस् खत्तम पायौं । त्यसपछि उनले फेरि हुस्की लिएर आइन्, मैले उनलाई म पहिला नै पिएको कुरा बताएपछि मेरो गिलासमा थोरै राखेर आफ्नोमा अलि धेरै राखिन् । हामी दुबैलार्इ नशाले छोइ सकेको थियो । उनले कोठा न्यानो पार्नलाइ हिटर जलाएकी थिइन् हामी हरु बिच धेरैकुरा भइसकेको थियो ।
उनले आफ्नो श्रीमान बिदेश भएको हुँदा आफुलाई त्यती टाइम नदिएको गुनासो म संग पोख्दै थिइन् । मैले आफु अबिबाहीत भएको कुरा उनलाइ भने उनी र म बिच अब अरुकुरा भन्दा सेक्स सम्बन्धी कुरा हुन थाल्यो ।

रातभर त्यहीं बसेपछि जानुपर्छ भन्ने कुरा उनिसमक्ष राखेँ । मलाइ उनि देखी केहि लाज लागेको थियो । उनले आफैँले गाडीमा पुर्याइदिने कुरा गरीन् तर म आफैँ जान्छु किन बेकार दुःख गर्नु हुन्छ भन्दा उनले रातभर मेरो लागि दुख्खा गर्यो म पुर्याइदिन्छु नि भनिन् तर म आफै जान्छु भनि म हिड्न लागें । उनले एउटा पेपरमा आफ्नो मोबाइल नं लेखेर दिइन् अनि म बसेको होटेलको फोन नं मागिन् । मैले पनि उनलाइ फोन नं दिएं । उनले मलाइ फेरी भेट्ने बाचाका साथ दराज बाटखाममा केही पैसा झिकेर मेरो खल्तीमा राखिदिइन् । मैले पैसा लिन मानिन तर उनि रिसाउदै मलाइ गाली गर्न थालेपछि मैले पनि आरामको कमाइ सम्झि लिँए ।

अनि म आफ्नो बाटो लागें ट्याक्सी लिएर म होटेलमा आए होटेलमा आइ उनले दिएको पैसा हेरेको त ५००० पाउण्ड रहेछ । म निकै खुसी भएं । मन मनमा अजिङगरको आहार दैबले जुराउने रहेछ भन्दै बिहान १० बजिसकेको अवस्थालाई हेरेर खाना खान लार्इ तल झरेँ । एजेन्सी