राजनीति

एक सदाबहार र एक नयाँ गरी दुईमन्त्री थपिए

सुर्यखबर सम्बाददाता,
काठमाडौं । पुर्बअनुमान बमोजिम दुईमन्त्रीहरु नियुक्त गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आयु लम्ब्याएका छन् ।

समाजबादी पार्टीका प्रमबहादुर सिंहलाई खानेपानी तथा सरसफाई मन्त्री र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई महिला बालबालीका तथा समाजकल्याण मन्त्री नियुक्त गरेपछि मन्त्रालयको आकार समेत बढेको छ ।

४३ सदस्यीय मन्त्रीहरुको लिष्ट बिहीबार राष्ट्रपति बिद्यादेबी भण्डारीले दुई मन्त्रीलाई सपथ ख्वाएपछि बनेको छ । केपी ओलीको सरकारमा ६ जना उपप्रधानमन्त्री सहित ४० मन्त्रीहरु थिए भने अहिलेको दहाल नेतृत्वको सरकारले त्यसलाई जितेर ४३ पुर्याएको छ । जसमा २६ मन्त्री, २ उपप्रधनमन्त्री र १४ राज्यमन्त्रीहरु रहेका छन् ।

प्रमबहादुर सिंह ओली, शुशील कोईराला नेतृत्व अनि बाबुराम भट्टराई नेतृत्व जता पनि मन्त्री हुदै आईरहेका छन् भने कुमार खड्का पहिलोपटक मन्त्री बनेका छन् ।