आर्थिक

प्रभु बैंकले पायो धितोपत्रको अनुमति

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्र दरखास्त संकलनगर्ने कार्यकोे अनुमति प्राप्त गरेको छ ।
बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गर्न सक्नेछ ।

यसका साथै दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी उक्त धितोपत्र बाँडफाँड भएपश्चात् निजको नाममा कायमहुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत् रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्ने व्यवस्था रहेको छ ।

देशभर रहेका यस बैंकका शाखाकार्यालयहरुका खाताधनी लगानीकर्ता हरुले सहज, सरल र झन्झटमुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानीगर्न सक्ने सुविधा प्राप्त गर्नुहुने भएकोले यसबाट बैंकका सम्पूर्ण खाताधनी लगानीकर्ता महानुभावहरु लाभान्वित हुनुहुने विश्वास बैंकले लिएको प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।