राजनीति

उर्जाराज्यमन्त्री भगत भन्छन्, १८ घण्टा लोडसेडिङ हटाउन मेरोपनि भूमिका छ

‘सीके राउतको भनाई ब्यक्तीगत हो समग्र मधेसी जनताको होईन”

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । उर्जाराज्यमन्त्री सत्यनारायण भगत् बिनले सीके राउतको भनाई ब्यक्तीगत भएको बताएका छन् । सीके राउतले तराईको एक कार्यक्रममा जनताको भीड देखाएर देश टुक्र्याउने अभिब्यक्ती दिएका छन्, यसको बिषयमा यहाँको भनाई के छ भनेर सुर्यखबर प्रतिनिधिले सिंहदरबारमा सोधेको प्रश्नको जवाफमा यो सीके राउतको ब्यक्तीगत कुरा हो, सिंगो मधेसीको कुरा होईन भन्ने जवाफ दिएका छन् ।

माओबादी केन्द्रका नेतासमेत रहेका भगत बिनले काँग्रेस र माओबादी केन्द्रले टेबल गरेको संबिधान संसोधन प्रस्ताब प्रचण्ड बहुमतले पास हुने दाबी गर्दै चाँडैनै स्थानीय निकायको निर्बाचनतर्फ मुलुक केन्द्रीत हुन थालेको बताएका छन् ।

उर्जामन्त्रालयले जनसरोकारका पक्षहरुमा दत्तचित्त भएर सेवामा लागेको भाबना समेत ब्यक्त गरेका छन् । लोडसेडिङ हटाउने काममा हामी सल्लाह गरेर नै लागेको दाबी मन्त्री भगत्को छ । मन्त्री ज्यू र म सल्लाह नगर्ने भए, म भर्खरै बैंकक गएर आएको, वहाँ  पनि अकैं देश गएर केहि दिन अगाडिमात्र फर्किनुभएको हो, हैन र ?

माओबादीले १७ हजार मान्छे मारेर सत्तामा गएपछि जनताले के पाए भन्ने अर्को प्रश्नको जवाफ दिने क्रममा भगत्ले जनताले मुलुकमा १८ घण्टा लोडसेडिङ भोगेको ईतिहास जनताले नबिर्षेका र अहिले लोडसेडिङमुक्त गर्न हाम्रो अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल नेतृत्वको सरकारको भूमिका नबिर्सिएका बताएका छन् ।

तपाई र मन्त्री जनार्दन शर्माबीच चरम बिबाद छ, तपाईलाई फुल मन्त्रीले भुमिका बिहिन बनाउनुभएको छ भन्ने सुनिन्छ नि ? भन्ने प्रश्नको जवाफमा हामीबीच सबैकाम सहमतीमा नै हुने प्रणलीको बिकास भएको छ, वहाँ मेरो नेता पनि हो, मन्त्री भएपछि मात्र चिनेको मान्छे होईन, लोडसेडिङ हटाउने काममा मेरोपनि उत्तिकै भूमिका छ, हामीबीच सल्लाह गरेर नै सबै काम हुन्छ, भोली आवश्यक परे पार्टी नेतृत्वमा समेत पुग्न सक्ने नेता हो जनार्दन शर्मा कसैले बिना कारण फैलाएको हल्ला हुन सक्न, मन्त्री ज्यू र म मा तेस्तो केहीपनि बिबाद छैन भनेका छन् ।

 उर्जामन्त्रालयले जनसरोकारका पक्षहरुमा दत्तचित्त भएर सेवामा लागेको भाबना समेत ब्यक्त गरेका छन् । लोडसेडिङ हटाउने काममा हामी सल्लाह गरेर नै लागेको दाबी मन्त्री भगत्को छ । मन्त्री ज्यू र म सल्लाह नगर्ने भए, म भर्खरै बैंकक गएर आएको, वहाँ  पनि अकैं देश गएर केहि दिन अगाडिमात्र फर्किनुभएको हो, हैन र ?

अमेरीकी साम्राज्यबादी र भारतीय बिस्तारबादी भन्ने पहिले आरोप लगाउने माओबादी केन्द्रको बिचार काँहा गयो भन्ने प्रश्नमा उनले हामी भारतको पछि कहिलै लम्पसारबादमा छैनौ। हामी भारत र नेपाल अनि चाईना सबैको हित चाहान्छौ । हाम्रो अध्यक्षले भारत बिमलेन्द्र निधि र चीन कृष्णबहादुर महरा गरी दुईटा दुत पठाएको दुबैपक्षलाई सन्तुलनमा ल्याउनको लागि नै हो ।