आर्थिक

गोरखाको लाप्राकमा एनआरएनले सुरु गर्यो पुनर्निर्माण अभियान

गोरखा । गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ ।
मंगलबारको नागरिकमा लेखिएको छ, सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती बसाल्न एनआरएनएलाई जिम्मा दिएको छ ।

तीन आना पैसा क्षेत्रफलमा चार कोठे दुईतले घर बनाएर एनआरएनएले लाप्राकवासीलाई हस्तान्तरण गर्ने योजना छ । ढुंगा, गिट्टी र काठ स्थानीयले उपलब्ध गराउनुपर्ने एनआरएनएसँगको सम्झौतामा छ ।

तर लाप्रकवासीलाई काठ कहाँबाट जुटाउने भन्ने समस्या आइलागेको स्थानीय राज गुरुङले बताए । ”गाउँमा जंगल छैन आगलागी भएको रुख काट्न पनि भएन, सबैको घर बनाउनु छ, काठ कसरी पुर्याउनु ?” उनले भने लाप्राकमा काठ पाइदैन ।

एनआरएनएका अध्यक्ष शेष घले शनिबार लाप्राक पुगेर काठ ढुंगा र गिट्टी गराउनुपर्ने बताएपछि स्थानीय चिन्तित छन् ।