एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको महत्वपूर्ण अपिल त्यहाँको एउटा अदालतको आदेशपछि निलम्बनमा पर्ने देखिएको छ । आप्रवासन सम्बन्धी अमेरिकी न्याय मन्त्रालयले केही दिन अघि गरेको अपिल अस्वीकार भएको हो ।
आइतबार अमेरिकी फेडरल अपील कोर्टको आदेशपछि राष्ट्रपति ट्रम्पले दिएको कार्यकारी आदेशनै निलम्बनमा पर्ने संकेत देखिएको जनाउँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रसारण गरेका छन् ।
अमेरिकाको नयाँ राष्ट्रपतिमा नियुक्त भएलगत्तै ट्रम्पले संसारका सात मुस्लिम देशका नागरिकहरुलाई ३ महिनासम्म अमेरिकामा प्रवेश गर्न रोक लगाउन आदेश दिएका थिए । फेडरल अपिल कोर्टको आदेशपछि राष्ट्रपति ट्रम्पको अपिलनै निलम्बनमा परेको छ ।
राष्ट्रपति ट्रम्पलाई अमेरिकी शासन सञ्चालन प्रक्रियामा सुरुमै झड्का लागेको भन्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले टिप्पणी समेत गरेका छन् ।