आर्थिक

पशुपतिद्वारा १५० थान लाइफ ज्याकेट हस्तान्तरण

Pashupati-paints

सुर्यखबर सम्बाददाता,
काठमाडौ । पशुपति पेन्ट्सले बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ ।

पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितीलाई सो ज्याकेट उपलब्ध गराएको हो ।

कम्पनीले २०७३ माघ २८ गतेका दिन बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ ।
विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ ।

यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १ सय ५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।