मनोरञ्जन

अब ‘लुट 2’ डेनमार्कमा

सुर्यखबर सम्बाददा,
कोपनहेगन । डेनमार्क स्थीति ‘कलर्स कोपनहेगन’ले चर्चित फिल्म ‘लुट 2’ कोे प्रदर्शन गर्ने भएको छ ।

मार्च १२ मा ‘पलाडस’मा सम्पन्न हुन लागेको उक्त प्रदर्शनमा १० बर्षमुनिका बालबच्चालाई नि:शुल्क प्रबेश शुल्क ब्याबस्था गरिएको ‘कलर्स कोपनहेगन’ले बताएको छ।

आयोजक संस्थाले यसभन्दा अगाडि पनि चर्चित फिल्म ‘छक्कापञ्जा‘ र ‘जात्रा’को सफल प्रदर्शन गरेका थिए । आयोजक संस्थाका अनुसार प्रदर्शनबाट संकलित रकमको केहि अंश सामाजिक कार्यमा खर्च गरिनेछ ।

यस प्रदर्शनमा पनि दर्शकहरुको ब्यापक उपस्थीति हुने आँकलन आयोजकले गरेको छ ।