राजनीति

कम्न्युष्ट किल्लाको रुपमा चिनिने सुनसरीको सप्तकोशी क्याम्पसमा नेबिसंघको प्यानल नै बिजयी, बधाई छ !

सुर्यखबर सम्बाददाता,
सुनसरी । पूर्ब प्रधानमन्त्री एबम् नेपाली काँग्रेसका तत्कालीन शक्तीशाली पार्टी सभापति स्व.गिरिजा प्रसाद कोईरालाको निर्बाचन क्षेत्रमा पर्ने सप्तकोशी क्याम्पसमा नेबिसंघले भारी मतका साथ प्यानल नै बिजयी भएको छ ।

नेकपा एमालेका सचिब समेत रहेका भीमप्रसाद आचार्यको निर्बाचन क्षेत्र समेत रहेको उक्त चक्रघट्टीमा अवस्थीत उक्त क्याम्पसमा स्वबीयू सभापतिमा प्रतिक राई, सचिवमा बिशाल भण्डारी, कोषाध्यक्षमा बिष्णुमाया मगर सदस्यमा भीमबाहादुर कटवाल, अभिनभ मोक्तान तथा तारा मगर बिजयी भएका छन् । सप्तकोशी क्याम्पसमा पहिलोपटक स्वबीयूको निर्बाचन भएको हो ।

नेकपा एमालेको अखिलबाट भने सभापति महेश अधिकारी सचिव सविन राई, कोषाध्यक्षमा सजिना चौवान र दस्यहरु (करूणा माझी, सुष्मिता बस्नेत, निमेश पोख्रल तथा समानुपातिक तर्फबाट केशव भट्टराई, विशाल भट्टराई, लक्ष्मी न्यौपाने, जेसिका वि. क, सागर राई, कमल चन्द्र डॉगी उमेर्द्वार रहेपनि नेबिसंघका बिद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्न सकेनन् ।

तालाबन्दी र हड्तालमुक्त भएर शान्तीपूर्ण भएको उक्त स्वबीयू निर्बाचन मुलुककै उदाहरणीय त भयो, त्यसका साथै नेपाल बिद्यार्थीसंघलाई भने प्यानल नै जित हाँसिलभएपछि खुसीयालीको सीमा नै रहेन ।

प्यानल नै बिजयी भएपछि नेबिसंघका बिद्यार्थीहरु सुनसरीको चक्रघट्टीमा खुसीयाली मनाउदै

खुसीयाली मनाउनका लागि क्षेत्रीय सभापति उपेन्द्र कटवाल, महासमिति सदस्य बाबुराम बिष्ट, अनु गुरुङ, जिल्ला सदस्य दिपेश बस्नेत लगायतका स्थानीय नेता तथा बिद्यार्थीहरु सडकमा उत्रिएका देखिन्छन् ।

एमालेले भने आफ्नो कम्न्युष्ट किल्ला मानिने उक्त क्षत्रमा स्वबीयू हार्नु परेकोमा दुःख मानेको एकजना एमालेका थानीय नेताले नाम नभन्ने सर्तमा सुर्यखबरलाई बताए ।