राजनीति

गोबिन्द गौतमको भारतले गरेको हत्यामा नेपालीहरु स्तब्ध, शेरबहादुर देखि समान्य नागरीकले गरे बिरोध !

काठ्माण्डौ ।  भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागी कञ्चनपुर आनन्द बजारका पच्चीस बर्षीया गोबिन्द गौतमको मृत्युपछि सामाजिक संजालमा बिरोधका स्वरहरु देखिएका छन् ।  । संसारभर रहेका नेपालीहरुले भारतीय दादागीरिको तीब्र बिरोध गरेका छन् । बिरोध गर्नेहरुमा पार्टीभन्दा माथी उठेर एउटै स्वरमा भारतीय दादागिरी बिरुद्धमा पोखिएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नयाँशक्तीका संयोजक डा.बाबुराम भट्टराई, नेपाली काँग्रेसका युवा नेता  गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, शंकर भण्डारी, प्रदीप पौडेल, त्यस्तै एमालेका युवा नेता महेश बस्नेत, योगेश भट्टराई, रबीन्द्र अधिकारी, लालबाबु पण्डीत छन् ।

नेत्रबिक्रम चन्द र मोहन बैद्य नेतृत्वका माओबादीले बिज्ञप्ती नै निकालेर उक्त भारतीय हस्तक्षेपको कडा प्रतिरोध गरेको छ ।  बिद्यार्थी संगठनहरु नेबिसंघका अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, अनेराश्वबीयू, अनेराश्वबीयू क्रान्तिकारीलगायत उक्त बिषयमा ब्यापक बिरोध आएको छ ।

मधेसबादी दलहरु र सरकारको नेतृत्व गरिरहेको माओबादी केन्द्रको स्वर भने देखिएन । सरकारले भारतको बिरुद्धमा खासै जनतालाई चित्तबुझ्नेगरी यस घटनाको जफाफ दिन सकेको छैन ।

अर्कोतिर नागरिक समाजका तर्फबाट डा. भीमार्जुन आचार्य, डा. शुरेन्द्र केसी लगायत ले तीब्र बिरोध गरेका छन् । सर्बसाधारणको त झनै ब्याक आफ ईण्डीया, मोदी चोर देश छोड जस्ता अराजक प्रकारका बिरोधका स्वरहरु देखिएका छन् । पत्रकार, वकील, डाक्टर प्राध्यापक, उद्योगी ब्यावशायी लगायत सबैले उक्त घटनाको बिरोध गरेका छन् ।

भारतीय बिस्तारबाद मुर्दाबाद, भारतीय ज्यादती बन्द गर, सहद घोषणा गरेर १० करोड क्षतीपूर्ति दे, हार्दिक श्रद्धान्जली, भारत तरुन्त माफि माग जस्ता बिरोधहरु देखिएका छन् ।

केहि सर्बसाधारणका बिरोधका स्वरहरु उनीहरुकै फेसबुक स्टाटसबाट जस्ताको तस्तै:-

१।

२।

३।

४।

५।

६।