ब्रेकिङ न्युज

के अभियाेगमा पक्राउ परे एन्फाका पूर्वअध्यक्ष शेर्पा ?

१३ असार, काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।