ब्रेकिङ न्युज

सभापतिको शपथपछि रविले भने : मलाई अपरिपक्व हुने छुट छैन

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन् ।

चितवनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने नहुने बताए । उनले आफूलाई परिस्थितिले थप परिपक्व बन्न भनिरहेको पनि सम्बोधनको क्रममा भने ।