मनोरञ्जन

११ कक्षाकी मञ्जुको सफल हुन नसकेको प्रेमकथा !

समय बित्दै जाँदा ए.एल. सी.नि पास भइयो । आफुले आफुलाई ठुलो भएको जस्तो महसुस भयो । आफु भन्दा ठुलो कोहि छैन र सँंसारै जिते जस्तो लाग्यो । आफ्नो आमा बुबा भन्दा पनि आफु ठुलो जस्तो लाग्यो । अरु बेलाको समय भन्दा छुट्टै जस्तो लाग्न थाल्यो । सायद स्कुल लेवल पार गरेको भएर होला । यस्तो महसुस भयो कि अब दाईहरुको लेबलमा पुगियो । तेहि भएर होला थप रमाइलो महसुस भयो । प्रमाणपत्र तह प्रथम बर्षमा भर्ना भइयो । स्कुल लेवलमा सँगै पढेका साथिहरु मात्र नभएर नयाँ साथिहरुको साथमा क्याम्पस जान थालियो । क्याम्पस लेवल पनि स्कुल लेवल जस्तै रमाइलो भईरहेको थियो ।

यसैगरी कलेज जाने आउने क्रममा धेरै साथिहरुको भिडमा मलाइ एकजना साथि मन पर्यो । म उसलाइ आफ्नो मन भित्रैबाट माया गर्न थाले उसलाइ चाहन थालें । उसैसँग जिवन बिताउने सपना देख्न थालेँ । उसलाई मात्र हेरिरहन मन लाग्यो । जतिबेला पनि मेरो मनभित्र उसैलाई सम्झन थालें । क्याम्पस जानुको मुख्य काम नै उसलाइ हेर्नु हुन थाल्यो । यस्तो हुन थाल्यो कि एक दिन क्याम्पस नजादा उसलाइ नदेख्दा खाना नखाको जस्तो महसूस एक्कासी गर्न थालें ।

मैले आफूलाई यस्तो हुंदापनि प्रेमप्रस्ताब राख्ने आँट गरेको थिईन । के मलाइ मात्र यस्तो भएको हो कि उसलाइ नि मलाइ जस्तै हुन्छ, मैले आफूले आफैंलाई प्रश्न गर्न थालें । मेरो मनमा अनेकौ प्रश्न उठ्न थाल्यो । उसंग मेरो परिचय थियो, काहाँ बस्छ र कस्तो परिवारको सदस्य हो त्यो भने मलाई पटक्कै थाहा थिएन । उ सोझो थियो, पढाईमा मेहेनती थियो, उ मेरो क्लासमेट थियो । म केटी बस्ने अगाडीके डेक्समा बस्थे. भने उ केटा बस्ने अगाडीको डेक्समा बस्थ्यो ।

मैले उसको बारेमा सबै कुरा थाहा पाउनु जरुरी ठाने र एउटा साथि मार्फत केहि थाहा पाए । उसको नाम राम खड्का रहेछ । उ मामा घरमा बसेर बढ्ने रहेछ । उसको मामा घर मेरो घर नजिकै रहेछ । अब मलाइ उ सँग नजिक हुन कुनै आपत्ति भएन । क्याम्पस बिदाको समयमा पनि भेट हुने भयो । बिदाकोबेला उसकोमामाघरतिर म नथापाउने गरि जान थालें । म एकदमै खुसी भए । र एक दिन मैले उसलाइ क्याम्पसमा नै प्रस्ताब राख्ने योजना बनाएँ । पहिले त मलाई उसले प्रस्ताब राखे हुन्थ्यो भन्ने लागेको थियो तर मेरो मनको ईच्छा पुरा नभएपछि आफैंले प्रस्ताब राखौं भन्ने लाग्यो । प्रम प्रश्ताब राख्न मलाई दोधार परिरह्यो । एकदिन मेरो र उसको नजिकको साथी बिबेकमार्फत म उस (राम)लाई बोलाए ।  हाम्रो भेटमा आफ्नो मनको प्रेम प्रस्ताब  राखौं कि न राखौं दोधारमा परेँ ।

न साथीको सम्बन्ध नै तोड्ने पो होकि मलाइ कता कता डर लाग्यो । मनको कुरा मनमा नै राखेर बसें र हल्का गफ मात्र भयो र दुबै जान खाजा खान क्यान्टिनमा गयौँ र उसले खाजा मगायो । गफ गाफको साथमा खाजा खाइयो पैसा पनि उसैले दियो र हामी कक्षामा गयौँ । त्यो दिन कता कता खुसी लागिरहेको थियो, एकातिर प्रमप्रस्ताब राख्न अप्ठेरो, अर्कोतिर उसंगका रमाईला गफका कारण खुसी लागीरहेको थिायो । त्यो दिन मेरो लागि यति रमणीय भयो कि कल्पना पनि गर्ने सक्दिन । पढाइ सम्बन्धि हौसला होइन । उसँग नजिक हुन पाएकोमा सारै खुसी लाग्यो सायद यति खुसी म कमै मात्रमा हुन्छ होला । घरमा स्कुलकै कुरा मनमा आउँछ ।

उसलाइ मात्र सम्झन मन लाग्छ कहिले भोलि होला भेट्नु र प्रस्ताव राख्नु यहि कुरामात्र मनमा आउन थाल्यो । न मेरो प्रस्ताव अस्विकार पो गर्ने हो कि चिन्ता पनि नभएके भने होईन । अरु समयमा भन्दा छिट्टै स्कुल गइयो र उसलाई रहर पुगुन्जेल हेरिन्थ्यो । खाजा खाने समय भयो भने अब उसले मलाइ खाजा खान बोलाउन थाल्यो । एकदिन दुईजना खाजा खाईरहेका बेला मैले उसलाइ आइ.लभ यु को भनी प्रेम प्रस्ताब राखें । उसले स्विकार गर्यो ।

म धैरै खसी भएँ उसले भन्यो मेले तिमीलाई भन्न मात्र नसकेको थिएं । म पनि तिमिलाइ धेरै समय पहिला देखि माया गर्थै, मन पराउथे । दुवै जनाको समस्या एउटै रहेछ । जे भएपनि दुबै जनाको प्रस्ताव स्विकार भयो हामी खुसी  भयौं  । अब म सदाको भन्दा फरक भए । अरु साथीसँग भन्दा राम सँग मात्र नजिक भए । हामी  सधैंजसो सँगै खाने, सँगै बस्ने, बाटोमा पनि सँगै हिड्ने, यति सम्म कि हामी अर्को जुनीमा समेत छुट्टिन नसक्ने भएका थियौ । हाम्रो बारेमा साथीहरुले कुरा काट्न थाले । घर परिवारमा थाहा पाउँछन्  भन्ने डर थियो ममा । अब हामीले सल्लाह गर्यौँ । दिनमा एक चोटि मात्र भेट्ने तर काहाँ सकिन्छ र सँगै बसेको मान्छेसँग दिनमा एकपटमात्र भेटेर । ११ को परिक्षा पनि नजिकिदै थियो । हामी दुबै जना परिक्षाको तयारिमा  जुट्यौं ।  । बैशाख को २० गते परिक्षाको मिति प्रकाशन भयो । परिक्षा सेन्टर दोलखामा भएको हुनाले हामी सबै जना परिक्षाको अघिल्लो दिन दोलखा गयौँ । उ आफ्नो साथीकोमा बस्यो । मेरो भाउजू त्यहाँ डेरा गरी बस्नुहुने भएकोले म पनि मेरो भाउजूकोमा बसें ।

परिक्षा भएपनि हामी दिनमा एकपटक भट्थ्यौँ, परिक्षा नि सकियो । अब क्याम्पस पनि लाग्दैन् । मनमा तनाब भयो । उ अब आफनो घर रामेछाप जानु पर्ने देखियो। उ आफ्नो घर गएपनि फोन त हून्छ तर देख्न त पाइदैन । जे भएपनि उसले घर जानुपर्छ जेठको ३ गते उ आफ्नो घरमा गयो हामीबिच फोन हुन्थ्यो तर पनि मलाई कता कता उ मबाट टाढा भएको होकि जस्तो लाग्थ्यो । उ बिनाको एक दिन पनि मलाइ महिनौँ जस्तो लाग्न थाल्यो ।
एकदिन फोनमा कुरा गर्दा मैले उसलाइ चरिकोटमा भेट्ने प्रस्ताब राखें, उसलाई पनि मलाइ भेट्न मन रहिछ, हामी दुवै जना भेट्ने पक्का भयौँ । खुसी लाग्यो । हामी भेट्यौँ र गफ गाफको गर्र्यौ र आ आफ्नो घरमा  गयौं । म घर पुगिसक्दा पनि उसको फोन आएन मलाइ नराम्रो लाग्यो । सायद उ अझै घर पूगेको रहिनरहेछ भन्ने सोचेर म  आफैंले उसलाइ फोन गरेँ ।

उसको मोबाइल अफ थियो । ब्याट्रि नभएर होला घर पूगेर उसको कल आउछ भन्ने पर्खाइमा  रहें तर रातको १२ बज्दा सम्म पनि उसको कल आएन । मेरो मनमा अनेकौ प्रश्न उठ्न थाले । निन्द्रा पनि आएन के अझै गरौं कता जाउँ छटपट् मात्र लाग्यो । कति खेर बिहान होला र उसको मोबाइल अन होला छटपट्मिा रात गयो । बिहान त भयो तर उसको मोबाइल अन भएन के गर्नु । अब त झन् मन थामी नसक्नु भयो । उसको एउटा साथीको नम्बर थियो ।

मैले त्यो साथीलाइ कल गरें । तर मेरो फोन उठाएर उ ठूलो स्वरले रुन लाग्यो । मलाइ सहि नसक्नु भयो । मैले उसको बारेमा केहि नसोधि उसले मलाइ भन्यो तपाइ मलाइ भेट्न सक्नु हुन्छ । मेरो त्यति खेर उसलाइ भेट्न सक्ने अवस्था नै थिएन । कुरा के हो भनन, किन रोएको अनि रामको मोबाइल किन अफ छ मैले एकोहोरो सोधें, मैले सोधें उ चुप मात्र रह्यो । मेरो मनमा विभिन्न शँका उब्जियो ।

उसले भन्यो अब तपाइको राम यो संसारमा छैन । हिजो तपाइसँग भेटेर आउदा बाटोमा गाडिले हानेर उसको मृत्यृ भयो । मेरो आँखामा आँशुका धारा बग्न थाल्यो आफूलाइ सम्महालि नसक्नु भयो । म त्यहिँ मूर्छा परे होसमा रहिन । तिन दिनपछि होस आउदा अस्पतालमा रहेछु । म बाचेपनि मरे सरह छु, सधैँ उसको मात्र याद आउछ भिडमा भएपनि एक्लोपना ममा देखिन्छ । सबै तिर उसको याद मात्र देख्छु । पहिलो मायाले नै मेरो जिवन समाप्त पारिदियो, अब म यो माया भन्दा टाढै बस्छु ।