समाचार

खोटाङ सरोकार समाजको अध्यक्षमा भण्डारी

बिराटनगर । खोटांगबाट बिराटनगर आई बसोबास गर्नेहरुको संस्था खोटाङ सरोकार समाज मोरङले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको छ ।
खोटाङ्ग सामाजिक सेवा मन्च, मोरङ्ग नामाङकरण गरिएको उक्त संस्थाले चौधौं साधारणसभाबाट कृष्ण भन्डारी मार्सेलिको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गर्दै हिजो सम्पन्न गरेको छ।

समितिको अन्य पदाधिकारी वरिष्ठ उपाध्यक्षमा भोजराज श्रेष्ठ, यस्तै उपाध्यक्षमा राधा पोखरेल, सचिब घनश्याम पोखरेल, सह–सचीव स्वर्णकान्त दाहाल, कोषाध्यक्ष कुलप्रसाद पौडेल, सदस्यहरुमा श्याम पोखरेल लगायत छन्।

उच्च अदालत बिराटनगरका बरिस्ठ न्यायाधीश कुमारप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन उक्त कार्यक्रम निवर्तमान अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको श्याम पोख्रेलले सुर्यखबरलाई बताए ।

संस्थाको आयब्यय विवरण घनश्याम पोखरेलले पेस गरेका थिए भने कार्यक्रम सन्चालन चेतराज रेग्मिले गरेका थिए ।

बिराटनगरमा सकृय रहेको उक्त सस्था बिगतदेखि नै सामाजीक कार्यमा सकृय छ ।