ब्रेकिङ न्युज

संसद्‍मा एमालेको माग : विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

१४ असार, काठमाडौं। नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पूर्वअर्थमन्त्री पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरे ।


निर्वाचनको एकजना प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू भएको भन्दै उनले पौडेलको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप भएको धारणा राखे ।

बैठकमा एमाले कँडेलले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भन्दै राष्ट्रियताका विषयमा गम्भीर हुन सुझाव दिएका छन् ।