आर्थिक

आयल निगमलाई २६ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा साढे २६ करोड रुपैयाँ घाटा भएको छ । भारतमै ग्यासको मुल्य बढेर आएकाले पनि निगमलाई १५ दिनमा घाटा बढेर २६ करोड ५० लाख रुपैयाँ पुगेको हो ।  ग्यास र डिजेलमा घाटा बढ्लै गएपछि निगमको मासिक घाटा समेत चुलिँदै गएको छ ।

बिहीबारको कारोबार दैनिकमा लेखिएको छ, अहिलेसम्म निगमलाई ग्यासमा प्रति सिलिन्डरमा २ सय ९१ रुपैयाँ घाटा छ । पछिल्लो समय भारतमा ग्यासको खपत बढ्दै गएकाले पनि मुल्य बढेर आएको निगमका प्रवक्ता सीतारमा पोखरेलले बताए । त्यस्तै, प्रतिलिटर डिजेलमा २ रुपैयाँ दुई पैसा घाटा छ ।

मट्टीतेलमा १३ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा ५ रुपैयाँ ३९ पैसा, बाह्यमा १३ रुपैयाँ नाफा छ ।