पु.समाचार

बस्नेतको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलास गठन गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गर्न न्याय परिषद्का नाममा आज आदेश जारी गरेको छ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा र सपना मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो। अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन माग गर्दै रिट निवेदन दायर गरेका थिए। संवैधानिक इजलास नहुँदा संवैधानिक विषयका मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा संवैधानिक इजलास गठन भएको थियो । त्यसपछि बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही समय कामु रहेर काम गर्नुपर्ने अवस्थामा गठन हुन सकेको थिएन । संवैधानिक इजालस न्याय परिषद्ले गठन गर्ने व्यवस्था रहेको छ । रासस