ब्रेकिङ न्युज

त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बीमा पुन: सुरु हुने

१४ असार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बीमा सेवा पुनस् सुरु हुने भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै गत माघदेखि रोकिएको स्वास्थ्य बीमा कार्यक्रम अब सुरु गर्न लागिएको जनाएको हो ।

अस्पतालको सूचनाअनुसार सो सेवाअन्तर्गत् ओपीडी सेवा मात्र सुचारु गर्ने तयारी रहेको हो । सेवाग्राहीले बीमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट लिन सक्ने अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि बिमा कार्यक्रम रोकेको थियो। अस्पतालले ६ महिना पछि ओपीडी सेवा मात्र पुन सुरु गर्न लागेको हो ।