समाचार

आज विश्व क्षयरोग दिवस, विभिन्न कार्यक्रमहरु गरी मनाइदै

काठमाण्डौ । शुक्रबार विश्व क्षयरोग दिवस । यो दिवस नेपाल लगायत विश्वभरका मुलुकहरुमा विभिन्न चेतनामूलक कार्यक्रमहरु गरी मनाइदैछन् । हरेका वर्ष यो दिवस मार्चा २४ तारिखका दिन मनाउने चलन छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।

श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

त्यसैले पनि यो दिवसमा जनचेतनामूलक कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्ने जानकारहरु बताउनछन् ।