आर्थिक

स्थानीय चुनावका लागि चीनले दिने भो १४ करोड

काठमाण्डौ । स्थानीय तह चुनावका लागि चीन सरकारले साढे १४ करोड रुपैया बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन (करिब १४ करोड ४० लाख रुपैया) सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

मंगलबारको कारोबारमा लेखिएको छ, यसअघि नेपालको तीनदिने भ्रमणको क्रममा चिनीयाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङले नेपाली सेनालाई ५० करोड रुपैयाँ बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन् । राष्ट्रपति जिनपिङले नयाँ सहायता घोषणा गरेका हुन् ।