पु.समाचार

उप-प्रधानमन्त्री निधिलाई तस्रो बरियताक्रममा राख्नु यसरी भयो काँग्रेस कार्यकर्ताको अपमान

काठमाण्डौ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमण सकेर फर्किदा जुन दृष्य देखियो त्यो नेपाली काँग्रेसका तर्फबाट नेतृत्व गरेका उपप्रधान एबम् गृहमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मनमोटाव भएको छर्लंग देखिन्थ्यो । प्रधानमन्त्री दाहाल चीन भ्रमण सकेर अन्तर्राष्ट्रिय बिमानस्थल अवतरण गर्दा उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एबम् अर्थमन्त्री कृष्णबहादुर महरा, उपप्रधान एबम् स्थानीय बिकास मन्त्री कमल थापाबीच को बरिष्ठ भन्नेमा तीब्र बिबाद भएको झझल्को छर्लंग देखिनु राम्रो होईन ।

बिबादका कारण प्रधानमन्त्री दाहालले चीन भ्रमण जाँदा कार्यबाहक प्रधानमन्त्री समेत तोकेनन् । मुलुकको ठूलो पार्टी नेपाली काँग्रेसको तर्फबाट उपप्रधानमन्त्री बनेका बिमलेन्द्र निधिसंग प्रधानमन्त्ती पुष्पकमल दाहालले केहिदिन अगाडीमात्र उपप्रधानमन्त्रीमा भित्राएका कमल थापासंग तुलना गर्नु गलत भएको काँग्रेस नेताहरु बताउछन् । काँग्रेसका एक नेताले नाम नभन्ने शर्तमा भने कार्यबाहक प्रधानमन्त्री बिमलेन्द्र निधिलाई नतोक्नु पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई जवाफ दिनुपर्ने बिचार ब्यक्त गरे ।

ती केन्द्रीय समिति सदस्य समेत रहेका नेताले पार्टी सभापतिजीले प्रधानमन्त्री दाहालसंग बिमलेन्द्र निधिलाई कार्यबाहक प्रधानमनत्री तोक्न भनेको समाचार आएपनि प्रधानमन्त्ती दाहालले नतोकि चीन भ्रमण गएको हो भने पार्टीले प्रधानमन्त्री दाहलसंग दह्रो कुरा गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् । नेताहरुले बुझ्नुपर्यो कि प्रधानमन्त्रीलाई काँग्रेस प्यारो कि राप्रपा प्यारो ? त्ययही अनुसार सभापतिले प्रधानमनत्री दाहालसंग कुरा गर्नुपर्यो नि ।

साधारणतथा काँग्रेस र राप्रपाबाट सरकारको नेतृत्व गर्ने नेताहरुबीच को सिनियर भन्ने प्रश्न नै नआउने राजनीतिक बिश्लेशकको दाबी छ । काँग्रेसबाट सरकारको नेतृत्व गरेका बिमलेनद्र निधिसंग काँग्रेस पार्टी संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल भएका कारण पहिलो अधिकार निधिकै हुने र निधिलाई कार्यबाहक नतोक्दा समग्र नेपाली काँग्रसका कार्यकर्ताको अपमान भएको देखिन्छ । त्यासो त उपप्रधानमन्त्ती बनाउन कम्मर कस्सिएर लागेका काँग्रेस सभापति शेरबहादुर देउवाको अपमान नभएको भन्न मिल्दैन ।

त्यसमाथी प्रधानमनत्रीले चीन भ्रमण सकेर अन्तर्राष्ट्रिय बिमानस्थलमा आउदा स्वागत गर्न गएका तीन उपप्रधानमन्त्री मध्ये निधिलाई तेस्रोमा राखे त्यो पनि पार्टी सभापति र काँग्रेसीजनका लागी अपमान नभएर के भयो भन्ने ? यस बिषयमा तेस्रो ठूलो दलका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्ती बनाएका शेरबहादुर देउवाले गम्भिर हुन आवश्यक छ कि छैन ?

पहिलो प्राथमिकतामा कमल थापा, दास्रोमा कृष्णबहादुर महरा र निधि त तेस्रोमा मात्र परेका थिए । कमल थापा र निधि एक अर्का छड्के आँखाले हेराहेर गर्दैथिए भने महरा शान्त देखिन्थे ।