राजनीति

सभापति देउवाले भने, “सरकारले बनाएका जयबहादुर चन्द नै आईजीपी हुन्छन्”

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आईजीपी बनाउने जिम्मा सरकारको भएको बताएका छन् । काँग्रेसको स्थानीय निकायको निर्बाचनको तयारीका क्रममा बिराटनगर आएका देउवाले आईजीपी को हुन्छ त? भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिदै को हुन्छ हेरौं तैपनि आईजीपी बनाउने जिम्मा सरकारको भएको जवाफ दिए ।

घुमाउरो पारामा आईजीपी जयबहादुर चन्द हुने दाबी सभापति देउवाको थियो । स्थानीय निकायको निर्बाचनको लागी काँग्रेसका शीर्ष नेताहरु देश दौडाहामा लागेका छन् । बुधबारमात्र बरिष्ठ नेता रामचनद्र पौडेल बिराटनगरकै कार्यक्रममा भाग लिन गएका थिए ।

केन्द्रीय समितिको बैठक सम्पन्न गरेपछि काँग्रेस महामन्त्री डा. शशाँक कोईराला कार्यक्रममा भाग लिन नेपाल बाहीर हानिएका छन् भने केन्द्र्रीय सदस्य तथा पदाधिकारीहरु चुनाबी रणनीति अनुसार बिभिन्न कार्यक्रममा भाग लिन राजधानी बाहिर हानिएका हुन् ।

आईजीपी बनाउने कार्यमा मुलुकको सबैभन्दा ठूलो पार्टीका सभापति देउवा कुनैपनि हालतमा आफूले चाहेको ब्यक्ती बनाउने दृढतामा लागेको देउवाको संकेत थियो । यसबाट नियमावली नै संसोधन हुन सक्ने अनुमान लगाइएको छ ।

घुमाउरो पारामा सभापति देउवाले सर्बोच्च अदालतले कार्यक्षेत्र मिचेको संकेत समेत गरेका छन् । अदालतको नाम भने उनले लिएनन् ।