राजनीति

काँग्रेस, एमाले र माओबादी मोर्चारहित निर्बाचनको रणनीतिमा, बालुवाटारमा अन्तिम वार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारघटक मुख्य दलहरु काँग्रेस र माओबादी केन्द्रसंग मधेसी मोर्चलाई बैठकमा डाकेका छन् । शुक्रबार अपरान्ह वालुवाटारमा बोलाईएको उक्त बैठकमा बैसाख ३१ गते घोषणा गरिएको स्थानीय निकायको निर्बाचनमा मधेसी मोर्चाको सहमती खोज्ने प्रयास गरिने प्रधानमनत्री कार्यालय स्रोतले बताएको छ ।

मधेसी मोर्चाले निर्बाचनमा भाग नलिने बताएपनि बहिस्कार नै गर्ने नभनेकोले प्रधानमन्त्री दाहल र काँग्रेसले मोर्चा निर्बाचनमा जाने अनुमान गरेका छन् । उपेन्द्र यादबले नेतृत्व गरेको मोर्चा घटक मुख्य दल संघीय समाजबादी पार्टी डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ती पार्टीसंग एकता गर्ने तरखरमा छ ।

राजेनद्र महतो, महन्थ ठाकुर, महेन्द्र यादब लगायतका मधेस केन्द्रीत नेताहरु मधेसमा आफ्नो संगठन बिस्तार गर्न लागेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाले सहभागीता नजनाएपनि स्थानीय निकायको पिनर्बाचन हुने शुक्रबार बिराटनगरको कार्यक्रममा बताएका छन् । काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा, माओबादी केन्द्र कुनैपनि हालतमा स्थानीय निकायको निर्बाचन गर्ने तयारीमा लागेका हुनाले मोर्चाले शुक्रबारको बैठकमा निर्बाचनको प्रकृयाबारे केहि हेरफेर गरेर भाग लिने अनुमान लगाउन सकिन्छ ।

मोर्चाको अन्तिम आशय बुझेपछि आवश्यक परे मोर्चारहीत निर्बाचन गने रणनीतिमा काँग्रेस, मोओबादी केन्द्र र एमाले लागेको अनुमान लगाउन सकिन्छ ।