पु.समाचार

प्रधान सेनापति क्षत्री र सार्क का महासचिव बीच भेटवार्ता

काठमाण्डौ । शुक्रबर प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग साउथ एशियन असोसिएसन फर रिजनल कर्पोरेसन (सार्क)का महासचिव अम्जाद हुशैन दी सिआल ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका छन् ।

उक्त भेटघाटका क्रममा प्रधान सेनापति र सार्क का महासचिवबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।