आर्थिक

नेपालमा रहेका ५ सय र १ हजारका भारु चाँडै साटिन्छः भारतीय अर्थमन्त्री

काठमाडौं । भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र एक हजार दरका भारतीय नोट चाँडै साँटिने बताएका छन् ।  शनिबारको कान्तिपुरमा लेखिएको छ, नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन आएका जेट्लीले शुक्रबार पत्रकारसँग कुरा गर्दै वैध रुपमा रहेका भारतीय नोट साटिने बताएका हुन् ।

उनले हालसम्म भारतबाट आएको टोलीले गरेको अध्ययन प्रतिवेदन नपाएको जानकारी दिए । ‘हाम्रो केन्द्रिय बैंकको स्वायत्त अधिकार हो, नेपालमा रहेका वैध नोट साटिन्छन् ।’ उनले भने ।