काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आईजीपी बिबाद चाँडै हल गर्ने बताएका छन् । चर्चित टेलिभिजन कार्यक्रम प्रधानमन्त्रीसंग सीधा कुरामा कार्यक्रममा आईजीपी बिबाद सरकारले क्याबिनेटबाट चाँडै टुंग्याउने दाबी गरेका छन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले सर्बाेच्च अदालतको फैसलालाई सम्मान गर्दै निर्णय लिने बताएपनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार डीआईजी नवराज सिलवाललाई आईजीपी बनाउने संकेत गरेजस्तै नियमावली संसोधन गरेर भएपनि जयबहादुर चन्दलाई नै आईजीपी बनाउने कशरतमा प्रधानमन्त्री दाहाल रहेको अनुमान अन्तरवार्ताको सार थियो ।
बरियता क्रममा पहिले नवराज सिलवालको आएको भएपनि सरकारले डीआईजीपी चन्दलाई क्षमताको आधारमा आईजीपीमा नियुक्त गरेको थियो । नियुक्त भएर सपथ खानु भन्दा अगाडी नै सर्बोच्च अदालतमा परेको निबेदनमाथी निर्णय गर्दै आईजीपी नियुक्त बदर गरेर सिनियरलाई आईजीपी बनाउन सर्बोच्च अदालतले आदेश दिएको थियो ।
उक्त आदेश लगत्तै प्रधानमन्त्री दाहाल चीन भ्रमणमा गएकाले सरकाले उक्त आईजीपी नियुक्ती प्रकृया अगाडी बढाउन सकेको थिएन ।
नबराज सिलवाललाई नै आईजीपी बनाउने वातावरण बनेन र जयबहादुर चन्द पनि बनेनन् भने प्रकाश अर्याल वा बमबहादुर भण्डारी पनि आईजीपी बन्न सक्दैनन भन्ने अवस्था पनि छैन ।