पु.समाचार

एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा देखिएपछि…!

काठमाण्डौ । जतिबेला पनि व्यस्त रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेको छ । सोमबार बिहान विमानस्थलमा चितुवा देखिएको हो । यद्यपि, चितुवा देखिए पनि त्यसलाई नियन्त्रणमा लिन नसक्दा गायब भएको जनाइएको छ । विमानस्थलमै चितुवा देखिएपछि अहिले त्यसको व्यापक खोजी भैरहेको जनाइएको छ । चितुवा हराएपछि विमानस्थलमा तैनाथ गरिने शिकारीहरु समेत रणभूल्लमा परेको जनाइएको छ ।

विमानस्थलमा तैनाथ शिकारीहरु यसबेला चितुवाको खोजीमा लागेका छन् भने सो टोलीलाई सहयोग गर्न जिल्ला वन कार्यालयका कर्मचारी लगायतको टोली विमानस्थल पुग्न थालेको बताइएको छ । चितुवा देखिने वित्तिक्कै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु समेत केहीबेर प्रभावित भएको जनाइएको छ ।