पु.समाचार

मर्यादाक्रममा अन्याय भएको संकेत पाएपछि गृहमन्त्री निधिद्वारा राजीनामा !

बिमलेन्द्र निधी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने निजी फैसला सुनाएका थिए ।