समाचार

म्यादी प्रहरीका लागि बन्यो नयाँ नियम

काठमाडौं । निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोसाक नपाउने भएका छन् । प्राय सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ । तर तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक उपलब्ध गराएको छैन ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, त्यसको बदला तोकिएको रंगको कपडा किन्न नगदै वितरण गरिने तयारी थालिएको छ । एसपी प्रद्युम्न कार्कीले आइतबार या सोमबारबाट तालिम सुरु गरिने बताए । म्यादी छनोट र तालिमको काम सुरु हुनै लाग्दा त्यसका निम्ति बन्दोबस्तीका सामान र आवश्यक बजेट परिसरले पाएको छैन ।