आर्थिक

कुशल ब्याबस्थापनका कारण एनआईसी बैंकले खराब कर्जा १.११ बाट ०.४६ मा झार्यो

काठमाण्डौ । एनआइसी एसिया बैंकले तेस्रो त्रैमास विवरण पेश गदाई खुद नाफा ५० प्रतिशत बृद्धि भएको छ । बैंकमा कर्जाप्रबाहमा कडाई भएको भनेर जनगुनासो आएपछि बैंकले गरेको आन्तरिक ब्याजदर परिवर्तन र कर्जा अशुलीमा गरेको कडाईका कारण बैंकले उक्त प्रतिफल पाएको हो ।

पचास प्रतिशत खुद नाफामा त्त अर्ब १३ करोड हुन्छ, जवकि गत७५ करोड मात्र थियो। ।
बैंकको संचालन नाफा १ अर्ब ३२ करोड, खुद ब्याज आम्दानी १ अर्ब ८४ करोड, निक्षेप संकलन ७९ अर्ब ६ करोड, कर्जाप्रवाह ६७ अर्ब २५ करोड भएको छ । जबकि अघिल्लो बर्ष यसै अबधिमा क्रमसः नाफा ९२ करोड, खुद ब्याज आम्दानी १ अर्ब ३७ करोड, निक्षेप संकलन ६४ अर्ब १४ करोड, ५२ अर्ब ४९ करोड मात्र थियो । अहिलेको बैंकको उपलब्धि उल्लेखनीय देखिन्छ ।

निक्षेप संकलन, कर्जा प्रवाह, ब्याज आम्दानी, नाफा हेर्दा बैंकको अवस्था धरै नै अगाडी बढेको देखिन्छ । जोखिम फण्डबाट ४० करोड फिर्ता गरी १० करोड रुपैंया प्रोभिजनमा राखेको विवरणमा उल्लेख छ ।
कर्मचारी संचालन आम्दानीमा समेत बैंकको ९० प्रतिशतले बृद्धि भएको छ । कर्मचारी संचालनबाट ४० करोड कमाएको छ । ब्यबस्थापन र कर्मचारी खर्चमा केहि बृद्धि भएपनि बैंकले चुक्ता पुँजी ६ अर्ब ३५ करोड, जगेडा कोषको रकम ३० अर्ब ६ करोड पुर्याउन सफल भएको छ ।

निस्कृय कर्जा ०.४६ प्रतिशत पुर्याएको छ । पहिले निस्कृय कर्जा १.११ प्रतिशत थियो ।

बैंकको प्रतिसेयर आम्दानी २६.६ रुपैंया, स्पेड दर ३.५३ प्रतिशत, सीडी अनुपात ७८ प्रतिशत र प्रतिसेयर नेटवर्थ १४५.५० रुपैंया रहेको छ ।

बैंकको खराब कर्जाको अवस्था १ दशमलब ११ प्रतिशतबाट शून्य दशमलब ४६ मा झार्नु बैंकको ब्यबस्थापकीय भूमिका कुशल रहेको प्रमाणको रुपमा लिन सकिन्छ ।