राजनीति

काँग्रेस आफ्ना उमेर्द्वारलाई जिताउन आफ्नो शक्ती प्रदर्शन गर्दै यसरी बन्यो शसक्त

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

यसरी खटिने केन्द्रीय नेताहरुमा मोरङको विराटनगर महानगरमा निबर्तमान उपप्रधान एबम् गृहमन्त्री विमलेन्द्र निधि रहेका छन् भने नेताहरु प्रकाशमान सिंहलाई सङ्खुवासभा, डा. रामशरण महतलाई झपा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया र गगन थापालाई दार्चुलामा खटाइएको काँग्रेसले जनाएको छ ।

साथै प्रकाशशरण महतको संयोजकत्वमा उक्त कार्यदलको सदस्यहरुमा—केन्द्रीय सदस्यहरु— महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेको निर्बाचन अनुगमन कार्यदल समेत गठन गरेको छ ।
यसप्रकार खटाईएको छ :-