समाचार

आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही : निर्वाचन आयोग

दाङ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि अनुगमन टोली प्रत्येक प्रदेशमा खटाएको बताएका छन् ।

दाङ जिल्लामा रहेका मातहतका कर्मचारीलाई आज निर्देशनात्मक भनाई राख्दै आयुक्त खनालले आचारसंहिता कार्यान्वयनमा कडाई गर्नका लागि अनुगमन टोली प्रत्येक प्रदेशका जिल्लाहरुमा खटिएको बताए ।

राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा निर्वाचन आचारसंहिता निर्माण गरिएको भन्दै उनले आचारसंहिता कार्यान्वयनका लागि कडाई गर्न अनुगमन टोलीलाई निर्देशन दिए।

निर्वाचन तयारीको अवस्थाका बारेमा जानकारी लिन दाङ आइपुग्नुभएका निर्वाचन आयुक्त पौडेलले प्रतिकूल मौसममा निर्वाचन गराउन चुनौती रहेको भन्दै सहज रुपमा काम गर्न र असहज बाताबरण उत्पन्न भएमा समन्वय गरेर काम गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई आग्रह गरे ।

त्यसअवसरमा क्षेत्रीय प्रशासक महेन्द्र बुढाथोकीले मध्यपश्चिम क्षेत्रमा पर्नेछ । जिल्लामा स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अवस्थामा रहेको बताए । सुरक्षा दस्तालाई तयारी अवस्थामा राखिएको भन्दै क्षेत्रीय प्रशासक बुढाथोकीले निर्वाचन सुरक्षाका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।