समाचार

सवारी दुर्घटनामा एक दिनमै ६ जनाको मृत्यु

काठमाण्डौ । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु हुने गरेको छ । ट्राफिक निर्देशनालयका अनुसार आर्थिक बर्ष २०७३/७४ जेठ मसान्तसम्ममा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, गत आर्थिक बर्षमा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको तथ्यांक छ भने, यस पटक जेठ मसान्तसम्मको तथ्यांक हेर्दा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।