आर्थिक

नगरकोटको क्लब हिमालय भत्काइँदै

भक्तपुर । पर्यटकका लागि आकर्षक मानिएको नगरकोटमा ठूला साना होटलहरुले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ । जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयनबाट अतिक्रमण हटाउन शुरु गर्ने निर्णय गरेको हो ।

शनिबारको नेपालसमाचार पत्रमा लेखिएको छ, नगरकोटकमा ठूला होटलहरु द फोर्ट, स्पेस माउन्टेन र होटल भ्यू प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन् । त्यस अन्तर्गत क्लब हिमालय पनि पर्दछ ।