मनोरञ्जन

चर्चित नायिका कैटरिना कैफले गरिन कठोर निर्णय !

एजेन्सी । ब्रेकअपपछि रणबीर कपूर र कैटरीना कैफले चलचित्र जग्गा जासूसमा सँगै काम गरे । प्रेम सम्बन्धमै रहेका बेला उनीहरु यस चलचित्रमा अनुबन्धित भएका थिए । चलचित्रको छायाँकन शुरु नहुँदै उनीहरुको ब्रेकअप भएपछि चलचित्रका निर्देशकलाई उनीहरुको समय मिलाउन र सँगै काम गर्ने वातावरण बनाउन हम्मे-हम्मे परेको थियो तर रणबीर र कैटरीनाले कामप्रतिको इमान्दारिता देखाए ।

असहज परिस्थितिका बाबजुद चलचित्रमा सँगै काम गरे । अहिले चलचित्र प्रदर्शनको क्रममा रहेको छ ।

रणवीर र कैटरीना एकसाथ चलचित्रको प्रमोशन गरिरहेका छन् । उनीहरु अब बिगतलाई भूलेर सँगै काम गर्न तयार छन् भन्ने उनीहरुको फ्यानको भावनामा फेरि ठेस लागेको छ । कैटरीनाले एक अन्तरवार्तामा भबिष्यमा रणबीरसँग काम नगर्ने घोषणा नै गरेकी छिन् । जग्गा जासूसमा सँगै काम गर्नु वाध्यता भएको उनले खुलाएकी छिन् ।

प्रमोशनका क्रममा पनि रणबीर र कैटरीनाबीच घोचपेच नै चलिरहेका खबर यसअघि नै बाहिरिएका थिए । कैटरीना अहिले टाइगर जिंदा हैु र ठग्स अफ हिन्दोस्तानुमा काम गरिरहेकी छिन् भने रणबीरले संजय दत्तको बायोपिक र अयान मुखर्जीको ड्रैगनुमा काम गरिरहेका छन् ।