राजनीति

स्थानीय तहमा काँग्रेसले जितेमात्र संबिधान कार्यान्वयन हुन्छ- प्रधानमनत्री देउवा

डोटी । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् ।

नेपाली कांग्रेस डोटीले आज जोरायल गाउँपालिका–२ बुडरमा आयोजना गरेकोे चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेसम्मका परिवर्तन तथा संविधानको निर्माण र जारी गर्दाको नेतृत्व कांग्रेसले गरेको स्मरण गराउँदै संविधानको कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै काँधमा रहेको बताए । स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको पहिलो खुड्किलो रहेकाले यसमा मतदान गरेर काँग्रेसलाई जिताउन उनले आग्रह गरे ।

काँग्रेसले जिते जनताका सबै समस्या समाधान हुने प्रधानमन्त्री देउवाको भनाइ थियो । सो चुनावी सभालाई काँग्रेसका केन्द्रीय सदस्यद्वय डा प्रकाशशरण महत र प्रदीप पौडेल तथा डा आरजु राणा देउवाले समेत सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवा कञ्चनपुरका कार्यक्रम सकेर आज अपराह्न डोटीको बुडर पुगेका हुन् ।