समाचार

हेर्दै जाँदा नौबिसेका होटल–पसलमा त यस्तो चिज पो भेटियो !

नौबिसे । पृथ्वी राजमार्गका होटल तथा पसलहरुमा उद्योगहरुले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरु सप्लाइ गर्दै आएको पाइएको छ । स्थानीय प्रशासन र जिल्ला खाद्य अधिकार सञ्जालको अनुगमन टोलीले गल्छीदेखि नौबिसेसम्मका होटल तथा पसलको निरीक्षणको क्रममा यो तथ्य फेला परेको हो ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, अनुगमन टोलीले एक महिनाअघि नै म्याद नाघेका गुँदपाक, मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरु बरामद गरेको छ ।

पसलेहरुले भने एक दिन अघिमात्रै कम्पनीका उत्पादनहरु सप्लाई गर्नेहरुले दिएर गएको दाबी गरे ।