समाचार

काठमाण्डौ आइपुग्यो भरतपुरमा च्यातिएको मतपत्र

काठमाण्डौ । एकमहिना अघि भरतपुरमा च्यातिएको मतपत्र काठामाण्डौ ल्याइएको छ । मतगणनाका क्रममा च्यातिएका ९० वटा मतपत्र सर्वोच्च अदालतमा पेश गर्न काठमाण्डौ ल्याइएको हो ।

जिल्लास्थित राजनीतिक दलहरुका प्रमुख र उम्मेद्वारहरुको रोहवरमा मतपेटिका सिल गरेर बुद्ध एयरको जहाजमार्फत काठमाण्डौ ल्याइपुर्याएको जनाइएको छ ।

सिल गरिएको मतपेटिकासँगै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे, प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ काठमाण्डौ आइपुगेका छन् ।

च्यातिएका मतपत्र राखिएको मतपेटिका काठमाण्डौ पठाउने क्रममा जिल्लास्थित राजनीतिक दलका नेताहरु विमानस्थलमा पुगेका थिए । गत जेठ १४ गते राती भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भैरहेको समयमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि एक्कासि मतगणना प्रक्रिया स्थगित भएको थियो ।

अहिले सो मुद्धामा पुन मतदान्कि मतगणना भन्ने विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।