समाचार

माहाकालीका गढ बचाउन काँग्रेस सफल हुंदै, मेयर र उपमेयर दुबैमा अगाडी

कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिकामा काँग्रेसका वीरबहादुर सुनुवारले अग्रता कायम गरेका छन् । सुनुवारले १८६ मत ल्याएका छन् भने एमालेका मेयर प्रत्यासी किशोर लिम्बुले १४७ मत ल्याएर काँग्रेस उमेर्द्वारलाई पछ्याउदैछन् ।

अर्का माओबादीका तर्फबाट उमेर्द्वार बनेका इन्द्र राउत तेस्रो स्थानमा छन् । उपमेयरमा समेत काँग्रेस उमेर्द्वारको अग्रता कायम छ ।

४ वटा क्षेत्र भएको सुदुरपश्चिमको कञ्चनपुर जिल्लामा ०७० सालको दोस्रो संबिधानसभा निर्बाचनमा काँग्रेसलै चारैवटा क्षेत्रबाट विजयी हाँशिल गरेको थियो । उक्त काँग्रेसको गढ मानिले जिल्लालाई साख बचाउनु काँग्रेसको लागी प्रतिष्ठाको बिषय हो भने काँग्रेसको गढ तोड्नु एमालेको लागी राजनीतिक लडाई हुन सक्छ ।