राजनीति

मनमोहन अधिकारीले जितेको एमालेकाे लालकिल्ला  धरानमा भारी मतले काँग्रेसका राई र रेग्मी विजयी हुंर्दैे(अपडेट)

धरान । धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईले अग्रता कायम गरेका छन् । पहिलो १५० मत गन्दा राईले एमालेका तारा सुब्बालाई धरैनै पछाडी छाडेका छन् । राईको २५५५ मत हुंदा सुब्बाको १५३० मत मात्र छ । माओबादीका आईन्द्र बिक्रमको ९०० मत  छ ।

ईतिहासदेखि नै एमालेले आफ्नो गण मान्दै आएको धरान सुनसरीको क्षेत्र नम्बर १ हो यसै क्षेत्रबाट एमालेले मानने नेता मनमोहन अधिकारीले पनि विजयी हांशिल गरेका थिए । धरानमात्र नभएर सुनसरीलाई नै एमालेको लालकिल्ला तोड्ने अनुमान प्रारम्भिक मतपरिणामले देखाएको छ । ईटहरी, बराहरामधुली, ईनरुवा लगायत सुनसरीका अधिकाँस नगरमा समेत काँग्रेसको अग्रता कायम छ । उपमेयरमा समेत काँग्रसकी श्यामा रेग्मी १८९१ मतसहित अग्रस्थानमा भएको समाचार छ । एमाले उप मेयरको १९३६ मत छ ।

एमाले सुनसरीमात्र होईन केन्द्रीय नेतृत्व समेत धरान, ईटहरी जस्ता महत्वपूर्ण नगरमा पछि परेपछि चिन्तित बनेको स्रोतको दावी छ ।
०७० सालको निर्बाचनमा एमालेले काँग्रेसलाई नराम्रोसंग हराएपनि स्थानीय तहको निर्बाचनबाट हिसाबकिता चुक्ता गर्ने नेकांग्रेस स्रोतको दावी छ । ।